अन्धकारमुक्ति साकोसको आयोजनामा आ. व. ०८०/०८१ को बार्षिक समिक्षा साथै ०८१/०८२ को अनुमानित बजेट, लक्ष्य तथा कार्ययोजना उपर छलफल कार्यक्रम सम्पन

यस अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर, पाल्पाको आयोजनामा आ. व. ०८०/०८१ को बार्षिक समिक्षा साथै ०८१÷०८२ को अनुमानित बजेट, लक्ष्य तथा कार्ययोजना उपर छलफल कार्यक्रम संस्थाको मूख्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

 संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट संचालन भएको कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, सल्लाहकार र कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकाटाको अध्यक्षतामा संचालन भएको थियो ।

 गत आ. व. को समिक्षा साथै अनुमानित बजेट, लक्ष्य तथा कार्ययोजना प्रस्तुती गर्ने क्रममा संस्थाको सेवाकेन्द्रहरु मध्यबाट रामटार सेवाकेन्द्रको तर्फबाट रामटार सेवाकेन्द्र प्रमुख सरोज आचार्य, ताहुँ सेवाकेन्द्रको तर्फबाट ताहुँ सेवाकेन्द्र प्रमुख चोलेश्वर चाँपागाई, जव्गादी सेवाकेन्द्रको तर्फबाट जव्गादी सेवाकेन्द्र प्रमुख प्रसान्त श्र्रेष्ठ, रामपुर एम. एफ. तर्फबाट सेवाकेन्द्र प्रमुख केशबराज पंगेनी, रामपुर नियमित तर्फबाट सेवाकेन्द्र प्रमुख शर्मिला वास्तोला, सहयोगी सेवाकेन्द्र तर्फबाट  सेवाकेन्द्र प्रमुख नारायण ढकाल, केन्द्रीय कार्यालयबाट लेखा सहायक तेज प्रसाद श्र्रेष्ठ, ऋण विभागको तर्फबाट ऋण विभाग प्रमुख रामचन्द्र ढुङ्गाना ले प्रस्तुतिकरण राख्नु भएको थियो । त्यसै गरी संस्थाको चालु आ. व. ०८१÷०८२ मा संचालन हुने कार्ययोजना र वजेट उपर सहायक व्यवस्थापक प्रविन न्यौपानेले प्रस्तुतिकरण राख्नु भएको थियो भने संस्थाले लिएका लक्ष्यहरुलाई प्राप्ति गर्नकालागि अपनाउनु पर्ने नितिगत व्यवस्था उपर व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले प्रस्तुतिकरण राख्नु भएको थियो ।

 कार्यक्रममा प्रस्तुत भएका प्रतिवेदनहरु उपर सहभागिहरुले जिज्ञासा, राय, सल्लाह सुझाब राख्नु भएको थियो भने सल्लाहकारको तर्फबाट संस्थापक अध्यक्ष मोहन भट्टराई, लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा सुपरीवेक्षण समिति सदस्य रामप्रसाद ढकाल रमेशले आ – आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रम संस्थाको संचालक समिति सचिव ओम प्रकास बस्यालले संचालन गर्नु भएको थियो ।

 कार्यक्रममा गत आ. व. ०८०÷०८१ को समिक्षाको साथै चालु आ. व. ०८१÷०८२ को अनुमानित बजेट, लक्ष्य र कार्ययोजना उपर छलफल भएको थियो । संस्थाले हाल ५ वटा सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई सेवा उपलब्ध गराईरहेको छ । हाल संस्थामा ११,०१४ जना शेयर सदस्यहरु रहेका छन् भने संस्थाले १ अरव ५७ लाख बराबरको पूँजि परिचालन गरि रहेको छ । कार्यक्रमले प्रस्तुत गत आ. व. को प्रगति प्रतिवेदन चालु आ. व. को अुमानित बजेट, लक्ष्य तथा कार्ययोजनालाई शंशोधन सहीत पास गरेको छ ।